काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । उनले आज जेनजी आन्दोलनका क्रममा प्रहरी प्रधान कार्यालयमा भएका क्षतिबारे जानकारी लिने क्रममा यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति प्रहरीको आवश्यकता र महत्व पुष्टि भएको छ, तपाईंहरू उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस् ।’
उनले नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए ।


