काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको आवरणमा हिंसा भड्काइएको आरोप लगाएकी छिन् ।
उनले शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेटेपछि यस्तो टिप्पणी गरेकी हुन्।
शान्तिपूर्ण ढंगले आफ्ना माग राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेनजीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको भन्दै उनले यसबारे राम्रोसँग अध्ययन हुनुपर्नेमा जोड दिइन्।
राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास नहुने उनको जिकिर थियो।


