काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादसैँमा टीका नलगाउने भएकी छन् । बडादसैँको पावन अवसरमा सोमबार ९असोज १३० जारी शुभकामना सन्देशमा यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।
प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुखशान्तिको कामना गरेकी छन् ।

