काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।
फोन संवादमा क्रममा भारतीय प्रधानमन्त्री मोदीले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग हार्दिक कुराकानी भएको उल्लेख गरेका छन् ।
उनले नेपालमा हालै भएको दुखद घटना ज्यान गुमाउनेहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले नेपालको शान्ति तथा स्थायित्व पुनः स्थापना गर्ने प्रयासहरूमा भारतको दृढ समर्थन रहेको बताएका छन् ।


