काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
जेनजी आन्दोलनसँगै माओवादीमा नेतृत्व परिवर्तनको माग चर्किएको छ । माओवादी उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको आवाज चर्को रुपमा उठाए पनि प्रचण्डले भने नेतृत्व छोड्ने कुनै तयारी गरेका छैनन् ।
नेपाली कांग्रेस र नेकपा ९एमाले०मा जस्तै माओवादीमा पनि नेतृत्व परिवर्तनको आवाज उठेको हो । जेनजी अगुवाले पुराना नेताप्रति चर्को आक्रोश व्यक्त गरेका छन् ।


