काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आत्मसमीक्षा र पुनर्गठनको खाँचो औंल्याउँदै नियमित वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारे।
थापाले नेपाली कांग्रेस अहिले ‘घाइते’ अवस्थामा रहेको भन्दै पनि यसको जिम्मेवारी झन् ठूलो रहेको उल्लेख गरेका छन्। थापाले अहिले पार्टीले पाँचवटा दायित्व पूरा गर्नुपर्ने पनि बताएका छन् ।


