काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बैठकको सुरुवातमा जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरू प्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको छ।
बैठकमा मुख्यगरी पछिल्लो राजनीतिक समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरणबारे छलफल गर्ने बताइएको छ । यसका साथै बैठकमा परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा राख्ने तथा पार्टी संगठन एवं विभाग लगायतका विषयमा पनि छलफल हुने बुझिएको छ । ।


