काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ।
चीन भ्रमणमा रहेका ओलीले मंगलबार बेइजिङको सरकारी अतिथि गृह स्टेट गेस्ट हाउसमा उपराष्ट्रपति हान चङसँग द्वीपक्षीय भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेनलमा सभागी भएर तिन्जियानबाट आजै बेइजिङ पुगेका थिए।


