काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा पुर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेको खुलासा गरेका छन्।
उनले शुक्रबार सम्पादकहरूसँग संवाद कार्यक्रम यस्तो बताएका हुन् । उनले आफैँले सिफारिस गरेर बनेको सरकारलाई ओलीले ‘हाहाहुहुमा बनेको’ भन्न नमिल्ने जिकिर पनि गरे।
‘सुशीला कार्की ओलीजीकै सिफारिसमा प्रधानमन्त्री बन्नुभएको हो। त्यसको साक्षी हामी पनि छौँ,’ प्रचण्डले भने, ‘कम्तीमा उहाँ आफैंले सिफारिस गरेर बनेको सरकारलाई हाहाहुहुमा बनेको भनेर भन्न मिल्दैन। अहिले सुशीला कार्कीलाई सहयोग गरेर जानु हामी सबैको हितमा छ।’


