काठमाडौं । दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो बस्दै छ ।
कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने पार्टी केन्द्रीय सचिवालयले जानकारी गराएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि बैठक बस्न लागेको हो । आजको बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन् ।


