काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेताहरूलाई धन्यवाद दिएकी छन्।
नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए।
उनीहरूबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। प्रधानमन्त्रीले निर्वाचनमा विजय भएका नेताहरूलाई बधाई पनि दिएका प्रेस सल्लाहकार रावलले बताए।


