काठमाडौं । । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त इलामको चाँडै नै पुननिर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
शनिबार इलाम पुगेका मन्त्री घिसिङले पहिले जिल्लामा भएको क्षतिको सबै विवरण संकलन गरिसक्ने र पुनर्निर्माणको काम थाल्ने बताए ।
इलाममा रहेका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको र ती आजभोलिबाट नै पुनः संचालनमा आउने बताए । संकटग्रस्त जिल्ला घोषणा गरिएकोले विशेष प्राथमिकता दिएर अघि बढ्ने उनले बताए ।


