काठमाडौं । आज बढादशैंको टीकाको दोस्रो दिन पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।
खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।
देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।


