काठमाडौं । व्यापक वर्षा हुने सम्भावना देखिएपछि बीपी राजमार्गमा आज असोज १६ देखि २० गतेसम्म रातिको समय अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मनसुन सक्रिय हुन लागेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन रातिको बेला नचलाउने निर्णय भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रे जिल्लामा पनि भारी वर्षाको सम्भावना उच्च रहेको उच्च सतर्कता अपनाउन भनेको थियो ।


