काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिने प्रष्ट पारेका छन् ।
निवर्तमान प्रधानमन्त्री ओलीले आइतबार सम्पादकहरुसँगको छलफलमा उनले यस्तो घोषणा गरेका हुन्। ‘केपी ओली सोझो छ भन्दैमा जसले बोलाउँछ त्यहाँ लुरु लुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन,’ ओलीले भने।
आफूमाथि सुरक्षा चुनौती भएको बेला सरकारले सुरक्षाकर्मी फिर्ता लिएको ओलीले बताए । सरकारले आफ्ना गिरोहका मानिसहरूको सुरक्षा बढाएको र आफ्नो सुरक्षा हटाएको उनको भनाइ छ


