काठमाडौं । अन्ततः हमासले गाजामा जीवित बन्धकको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।
वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।
यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो। विपिन सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा अपहरणमा परेका थिए।


