काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले खुलेआम भ्रष्टाचार भइरहेको दावी गरेका छन् ।
निवर्तमान प्रधानमन्त्री उनले आज मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दैै यस्तो आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिइ विद्युत् खरिदको नाममा करोडौं घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाए ।
आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर समेत उनले गरे ।


