काठमाडौं । आगामी निर्वाचनको चुनावी प्रचारमा चुनाव चिह्न अंकित टोपी, टिसर्ट, ज्याकेट, गम्छा, मास्क वा झोला बोक्न नपाइने भएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदैछ । उक्त चुनावको लागि निर्वाचन आयोगले आचारसंहिता बनाएको छ ।
आचारसंहिताको बुँदा नम्बर १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धी प्रावधान छ । जुन आचरण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा समेत पालना गर्नुपर्ने हुन्छ ।
जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने हुन्छ । कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न हुँदैछ ।


