काठमाडौं । १५ औँ महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ ।
बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ। बैठकमा मुख्य विवाद पार्टी महाधिवेशन चुनाव अघि कि पछि र संसद पुनर्स्थापना गर्ने निर्णय गर्ने कि नगर्ने भन्नेमा केन्द्रित छ। संस्थापन पक्ष फागुनको चुनावपछि वैशाखमा र इतर पक्ष सके मंसिरमा, नभए चुनाव अघि विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ। नेताहरू गुटगत भेला गरेर आआफ्ना पक्षमा माहौल सिर्जना गरिरहेका छन्। कार्यकर्ताहरू एकले अर्कोलाई दोषारोपण गरिरहेका छन्।


