काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज गृहमन्त्रालयमा भएको भेटका क्रममा उनीहरुबीच मुख्यगरी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको बारेमा कुराकानी भएको हो ।
भारत सरकारले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धका बारेमा सधै सकारात्मक र सुमधुर ढंगले अघि बढ्ने बताउंदै, निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि सधै सकारात्मक रहेको विचार राजदूत श्रीवास्तवले व्यक्त गरे।


