काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जाँचबुझ आयोगले बयानका लागि बोलाइए लाखौँ कार्यकता सिंहदरबार छिर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता बस्नेतले ओलीको बयान लिन जाँचबुझ आयोगले बोलाएमा लाखौँ कार्यकर्ता सिंहदरबार छिर्ने बताएका हुन् ।
ओलीसँगै खिचिएको फोटो अपलोड गर्दै उनले फेसबुकमा लेखेका छन्– ‘रवि लामिछानेलाई जस्तै ओलीको बयान लिन जाँचबुझ आयोगले बोलायो भने लाखौं कार्यकर्ता सिंहदरबार छिर्छन : महेश बस्नेत ।’
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न विध्वंशको छानबिन गर्न गठित आयोगले धमाधम बयान लिइरहेको छ ।


