काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ ।
नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार रिट निवेदन पेस गरेका हुन् ।
‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहितको रिट निवेदन नेकपा एमाले संसदीय दलको तर्फबाट आज मंगलबार सम्मानित सर्वोच्च अदालतमा पेस भएको छ’, बर्तौलाको भनाइ छ ।
गत मंगलबार बसेको विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकले एमालेका सांसदहरूको हस्ताक्षर लिएर विघटनविरुद्ध सर्वोच्चमा जाने निर्णय गरेको थियो।


