काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने बताएकी छिन् ।
विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उनले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताएकी हुन् । बुधबार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफू पनि सहमत रहेको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पुर्याउनसक्ने अवस्था नरहेको तर्क गरिन् । विश्वविद्यालयलाई आफैँ फूल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनु जरुरी रहेको उनको भनाइ छ ।


