काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
त्यसअघि मंसिर ४ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गर्न मन्त्रिपरिषद्मा पठाएको थियो।
राष्ट्रपति पौडेलले आज बिहीबार मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।


