काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिमा नलडेर महामन्त्री लड्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै मुख्यमन्त्री थापाले आफूले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई हटाएर नयाँ नेतृत्व आउनुपर्छ भन्दै बोल्ने लेख्ने गरेपछि १४ औँ महाधिवेशनमा सभापति बताए ।
‘२०७८ मा भएको १४ औँ महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापति बन्न दिनु नै ठुलो गल्ती भयो भन्ने अहिले लाग्छ,’ थापाले बैठकमा धारणा व्यक्त गर्दै भने– ‘मैले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई बिदाइ गरेर युवा नेताहरूको बाहुल्यता गराउनुपर्छ भन्दै बोल्दै र लेख्दै आए । तर, १४ औँ महाधिवेशनमा उहाँकै महामन्त्री बन्नु ठुलो गल्ती भयो ।’


