काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेले गर्दा नै मुलुक गम्भीर संकटमा फसेको आरोप लगाएका छन् ।उनले आइतबार पोखराको चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी तथा कम्युनिस्ट शक्तिहरू एकजुट हुनु अत्यावश्यक भएको बताए ।
प्रचण्डले एमाले र कांग्रेसका दुईतिहाइबाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस–एमालेका कारण देश संकटमा फसेको टिप्पणी गरे । उनले भने, “हामीले राष्ट्र झन्डै धरापमा पुगेको देख्यौँ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ । तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्न पनि दिइएन । हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन ।”
‘


