काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टी विभाजन नहुने दावी गरेका छन् ।
उनले भने, ‘कांग्रेसभित्र अहिले बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे हो। नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ।’
उनले पार्टीको जारी केन्द्रीय समिति बैठक कहिले टुङ्गिने निश्चित नभएपनि पार्टीपंक्तिलाई धैर्य राख्न अनुरोध गरेका छन्।
उनले भनेका छन्, ‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ। सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ। हामी न झुक्छौँ, न झुकिन्छौँ।’


