काठमाडौं। पितृउद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् ।
शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको छ । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट भक्तजन काठमाडौँको पशुपति पुग्छन् भने गाउँको शिवालयमा पनि बालाचतुर्दशी मनाउने चलन छ ।


