काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा धेरै युवालाई अवसर दिने प्रतिवद्धता ब्यक्त गरेका छन्।
पूर्व प्रधानमन्त्री उनले आज वाईसीएल नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।
संयोजक प्रचण्डले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताए। ‘युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा हामीले तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ भन्ने मैले ठानेँ,’ यसबारे पार्टीमा छलफल भएको बताउँदै उनले भने, ‘आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था हो। आजको अवस्था भन्ने पनि हामीले छलफल गरेका छौँ र हामी छिट्टै त्यो निर्णय पनि गर्दै छौँ।’


