काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले पोस्ट ग्रेजुएट अध्ययन गरर्न निजीलाई भन्दा विद्यार्थी कोटा सरकारीलाई बढी दिने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बैठकमा पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थी कुन कलेजलाई कति सिट दिने भन्नेबारे छलफल भएको बताए।
सरकारी क्याम्पसलाई एक हजार भन्दा बढी र निजीलाई एक हजार भन्दा केही कम दिनेगरी विभाजन गरिएको उनको भनाइ छ। सरकारको यस निर्णयबारे सबै खुशी रहेको बताए।


