काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीलाई भेट नदिएपछि उनीहरुले लफडा गरेका छन् । जेनजीहरु प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर खुवाएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार सिंहदरबार पुगेका थिए ।
बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै अलग कोठामा कुराइयो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयका कर्मचारीले प्रधानमन्त्रीसँग भेट्नुअघि हामी अलग्गै कुरा गरौं न भनेर छलफल गर्न थाले । त्यहाँ कुर्दाकुर्दै साँझ ४ बज्यो । तर प्रधानमन्त्रीलाई भेट्ने पालो उनीहरुले पाएनन् ।
त्यतिबेला प्रधानमन्त्री कार्की कार्यकक्षबाट बाहिरिसकेको सूचना पाएपछि उनीहरु आक्रोशित भए ।


