काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको एकता राष्ट्र बचाउनका लागि गरिएको दावी गरेका छन् ।
बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउन आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘आज नेपाल असाधारण संकटमा छ,’ प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता, जनताको आत्मसम्मान र भौगोलिक अखण्डता इतिहासकै ठूलो चुनौतीमा परेका छन्। त्यसैले यो कुनै ट्याक्टिकल एकता होइन, न त चुनाव जित्नकै लागि गरिएको एकता हो।’
प्रचण्डका अनुसार सुगौली सन्धिपछि नेपाल यति गम्भीर संकटमा कहिल्यै नपरेको अवस्थामा वाम शक्तिहरूबीचको एकता अपरिहार्य बनेको हो। उनले राष्ट्रको सार्वभौमिकता र जनताको आत्मनिर्णयको अधिकार जोगाउन कम्युनिस्ट एकता अत्यावश्यक भएको बताए।
उनले जनजी आन्दोलनले समेत यो एकता सम्भव बनाउन प्रेरणा दिएको बताए। ‘


