काठमाडौं ।समसायिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ ।
प्रवक्ता मनिष झाले बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने छ ।
यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल विस्तार गरिने कार्यसूची रहेको रास्वपाले जनाएको छ ।


