काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) मा कार्यरत ६ वैज्ञानिक लामो समयदेखि अनुपस्थित भएपछि उनीहरू विरुद्ध कारबाही प्रक्रिया सुरु गरेको छ ।
परिषदका अनुसार अध्ययन बिदा लिएका ती कर्मचारीले बिदा सकिएलगत्तै हाजिर हुन प्रतिवद्धता जनाउँदै कबुलियतनामा समेत बुझाएका थिए। तर निर्धारित म्यादमा हाजिर नहुनुका साथै परिषदसँग कुनै जानकारीसमेत नदिएपछि उनीहरू ‘सम्पर्कविहीन’ सूचीमा परेका छन्।
सम्पर्कविहीन वैज्ञानिकमा–अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापा मगर छन्।


