काठमाडौं । आज दिउँसो १ बजे नेकपा एमालेका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक बस्दैछ । बैठक पार्टी कार्यालयमा बैठक बस्ने विघटित प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनले भने, ‘हाम्रो पार्टीले प्रतिनिधि सभा विघटन असंवैधानिक भनेको छ तर यसको संवैधानिक र कानूनी परीक्षणमा हामी गएका थिएनौँ, यसबारे आजको बैठक केन्द्रित हुनेछ ।’
उनले संसद विघटन असंवैधानिक भन्दै एमालेले विभिन्न चरणका जनपरिचालन भइरहँदा अदालतमा भने यो विषय प्रवेश नभएको भनेर नागरिक समाज र प्रवुद्ध वर्गबाट सुझाव आएकाले निष्कर्षमा पुग्न बैठक डाकिएको बताए ।


