काठमाडौं । नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ।
फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो।
आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ।


