काठमाडौं । २३ वटा जेनजी समूहहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गरेका छन् । उनीहरुले आज यस्तो मागसहित राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री कार्कीसँग विभिन्न अपेक्षा राखिए पनि त्यो पूरा नभएको उनीहरूको गुनासो छ। ुमुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जन निर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, यस विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारबाही, जनेजी विद्रोहका घाइतेहरूको उपचार र जेनजी विद्रोहका शहीद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको अपेक्षा गरिए पनि त्यो पूरा नभएको उनीहरूको गुनासो छ।


