काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा कार्यरत विज्ञ समूहका सदस्यले प्रधानमन्त्री सुशीला कार्की स्वार्थ समूहको चङ्गुलमा परेको बताएका छन् ।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नियुक्ति खारेज गरिएका युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले देश गम्भीर संकटमा रहेका बेला विभिन्न स्वार्थ समूहले चलखेल गरिरहेको बताएका छन् ।
प्रदिप ज्ञवाली, अरुण कटुवाल र आकृति घिमिरेले आफूहरूलाई अचानक बर्खास्त गरिनु स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा गरिएको प्रत्यक्ष प्रभावको परिणाम बताउँदै उनीहरूले प्रधानमन्त्रीलाई तत्काल ‘स्वार्थ समूहको प्रभावबाट मुक्त हुन’ आग्रह गरेका छन् ।


