काठमाडौं । आज दिउँसो मधेस प्रदेश सभाको सभामुख चयनका लागि मतदान हुँदैछ।
आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख चयनका लागि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ।सभामुखका लागि सत्तारुढ सात दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका सांसद रामअशिष यादव र एमालेका सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दिएका छन्।
मधेस प्रदेश सभामा गठबन्धन गरेर सात दलले सरकार गठन गरेकाले सभामुख पनि सात दलीय गठबन्धनबाटै निर्वाचित हुने निश्चित प्रायः छ।


