काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा राजस्व सचिव भूपाल बराललाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई कर्मचारी सञ्चय कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
बरालले कोषको नीतिगत दिशानिर्देशन, लगानी रणनीति र सुधार प्रक्रियामा नतिजामूलक काम गर्ने आँकलन गरिएको छ।


