काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै नेत्री तोसिमा कार्कीले खरो टिप्पणी गरेकी छिन् ।
कार्कीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले समानुपातिकमा छनोट गरेको सूचीप्रति असन्तुष्टि जनाउँदै विपन्न समुदायलाई स्थान नदिएको गुनासो गरेकी छिन् ।
उनले भनेकी छिन्– ‘सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको ‘भाईटल पोस्ट’मा हुनेहरू नै समानुपातिक सूचीको लागी आकाङ्क्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु, बनाइनुले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको छ ।’


