काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले गत भदौ २४ गते देशमा भएका हिंसात्मक घटना नियोजित रुपमा घटाइएको बताएका छन् ।
लेखकले सोमबार भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष प्रस्तुत गरेको लिखित धारणामा यस्तो बताएका हुन् ।
“मेरो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन् । राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्दिनँ,” उनले भनेका छन् ।


