काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गर्न सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेर छलफल गरेका छन् ।
सञ्चारमन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् । भेटका क्रममा आसन्न चुनावका साथसाथै समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।


