काठमाडौं । १४ जना उपसचिवहरु सहसचिव पदमा बढुवा गर्न सिफारिस भएका छन् ।
बढुवा सिफारिस हुनेमध्ये सबैभन्दा धेरै सामान्य प्रशासन समूहका उपसचिव रहेका छन्। सो समूहबाट जनकराज भट्ट, महेन्द्रकुमार सापकोटा, रामप्रसाद वाग्ले, महेश पराजुली, टेकनारायण पौडेल, झनककुमार खत्री, शम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल र प्रेमबहादुर दौल्याल सहसचिव पदका लागि योग्य ठहरिएका छन्।
यस्तै, लेखा समूहबाट चन्द्रप्रसाद भुसाल, नारायणप्रसाद दाहाल र दीपक ज्ञवालीलाई पनि कार्यक्षमताकै आधारमा सहसचिवमा बढुवा सिफारिस गरिएको छ। लेखापरीक्षण सेवाबाट समेत सहसचिव पदका लागि बढुवा सिफारिस भएको आयोग स्रोतले जनाएको छ।


