काठमाडौं । एकताको सन्देश तल्लो तहसम्म पुर्याउन नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको विराटनगरमा एकता सन्देश सभा गर्दैछ ।
जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन् ।
सभालाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन् ।
यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही, गण्डकीको पोखरामा सभा गरिसकेका छन् ।


