काठमाडौं । आज उज्यालो नेपाल पार्टीले ऊर्जामन्त्री कुलमान घिसिङकै उपस्थितिमा घोषणा सभा आयोजना गर्दै छ।
उक्त पार्टीले शुक्रबार नै पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवनमामा घोषणा सभा आयोजना गरिने भएको हो।
चुनावको मुखमा मात्रै पार्टीमा क्रियाशील हुने भनिएका कुलमान त्यसअघि नै पार्टीमा आधिकारिक रूपमा खुल्न लागेका हुन्। आजको घोषणा सभामार्फत उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ।


