काठमाडौं । दुईजना सचिवको सरुवा भएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले मुकुन्द निरौला र हरिकुमार मैनालीको सरुवा गरेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा रहेका मुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ भने पर्यटन मन्त्रालयमा रहेका मैनालीलाई सार्वजनिक खरिद अनुगमनमा खटाइएको छ।


