काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई सरकारले तीब्र रुपमा छानबिन गरिरहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका क्रममा यस्तो धारणा राखेकी हुन् ।
पूर्व राष्ट्रपति भण्डारीसँगको भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको कुरा राखेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास व्यक्त गरेकी थिइन्
यस्तै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा समेत आगजनी गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले दुस्ख व्यक्त गरिन् ।


