काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश गरेका छन् । गण्डकी प्रदेशका पूर्वमन्त्री खड्का आज कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकीका नेता पुष्प अधिकारीसहित रास्वपा प्रवेश गरेका हुन् ।
खड्का नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको तत्कालीन गण्डकी सरकारमा भौतिक पूर्वाधारमन्त्री थिए । त्यति बेला कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य रहेका उनलाई ०७९ सालको निर्वाचनताका तत्कालीन मुख्यमन्त्री नेपालीले बर्खास्त गरेका थिए । त्यसपछि निष्क्रिय देखिएका खड्का रास्वपामा प्रवेश गरेका हुन् ।


