काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बचाउने हो भने सबैले आफ्नो पार्टीलाई मतदान गर्नुपर्नेमा जोड दिएका छन् । झापाको बाह्रदशी स्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरुसँग राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेल नगरेको बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै देश र जनताको पक्षमा रहेको दाबी गर्दै देश र जनता जोगाउने हो भने यो व्यवस्था र अवस्थामा परिवर्तन हुनुपर्ने अन्यथा देश अझै ठुलो भुमरीमा फस्ने बताए । आफुलाई र राप्रपालाई राप्रपाको मात्रै होइन सबै पार्टी र विचारप्रति आस्थावानहरुको भोट चल्ने बताउँदै हलोमा भोट हाल्न मतदातालाई आग्रह समेत गरेका छन् । राप्रपालाई भोट हालेको कारण कहिल्यै पछुताउनु नपर्ने पनि बताएका छन्।


